ट्याक्टरले घर अगाडि हर्न बजाएको निहुँमा कुटपिट, २ जना घाइते

ट्याक्टरले घर अगाडि हर्न बजाएको निहुँमा कुटपिट, २ जना घाइते

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८, मधुनगरामा ट्याक्टरले घर अगाडि हर्न बजाएको विषयमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा स्थानीय रामकुमार कहार र धर्मेन्द्र कहार रहेका छन् । घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

लु.४ त १०८९ नम्बरको ट्याक्टरले रामकुमार कहारको घर अगाडि हर्न बजाएको विषयमा भएको विवादमा कुटपिट हुँदा उनीहरु घाइते भएका थिए । कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू