मोरङमा हत्या र लागूऔषध तस्करीको अभियोगमा २ जना पक्राउ

मोरङमा हत्या र लागूऔषध तस्करीको अभियोगमा २ जना पक्राउ

मोरङमा हत्या गरेको अभियोमा एक जना तथा लागूऔषध तस्कर गर्ने एक जना गरी दुई जना पक्राउ परेका छन् ।

कानेपोखरी गाउँपालिका–२, बस्ने ३० वर्षीया सरिता सोरेन बास्केको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ डेरा गरी बस्ने ३२ वर्षीय सुफल हस्दा पक्राउ परेका हुन् । त्यसैगरी पथरी शनिश्चरे नगरपालिका–१ सिनेमाहल छेउका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाल ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

बैशाख १८ गते राति रतुवामाई नगरपालिका–४ सिङगारीस्थित मकैबारीमा सरिता मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा सुफलको संलग्नता देखिएपश्चात उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।

भने परियार र दर्नाललाई भने १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर र लागूऔषध तौल गर्ने मेशिनसहित प्रहरीले पक्राउ गरेको हो ।

टिप्पणीहरू