ललितपुरको सातदोबाटोमा जीप दुर्घटना, ४ जना घाईते

ललितपुरको सातदोबाटोमा जीप दुर्घटना, ४ जना घाईते

ललितपुर महानगरपालिकाको ग्वार्को र सातदोबाटोबीचमा स्कार्पियो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । सातदोबाटोतर्फ जाँदै गरेको ग १ च ४२८ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टँदा चालकसहित चार जना घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सर्लाहीका २५ वर्षिय चालक जमरुदिन अन्सारी, सवारी साधनमा रहेका १९ वर्षका ज्योति सर्फाइ, २० वर्षका सर्फाइ र २७ वर्षिया अञ्जली सागर रहेका छन् ।

घाइते सबै सर्लाहीका रहेको बताइएको छ । घाइतेमध्ये स्कार्पियो चालकको दाहिने हात भाँचिएको छ भने उनको टाउकोमा गम्भीर चोट लागेको छ । अरुको अवस्था सामान्य रहेको बताइन्छ । घाइते सबैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू