डिस्चार्जपछि शताब्दीपुरुष हिँडेरै घर फर्किनुभयो

डिस्चार्जपछि शताब्दीपुरुष हिँडेरै घर फर्किनुभयो

वाङ्मय शताब्दीपुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशी ९ दिनको उपचारपछि आज हिँडेरै घर फर्किनु भएको छ । ललितपुरस्थित किष्ट अस्पतालमा उपचार गराएर शुक्रबार उहाँ वकुम्बाहालस्थित आफ्नो घर फर्किनु भएको हो ।

जेठ २६ गते मुटुको चालमा गडबडी देखिएपछि जोशी अस्पताल भर्ना हुनुभएको थियो । पारिवारिक स्रोतका अनुसार जोशीको स्वास्थ्यमा धेरै सुधार आएको छ ।

उहाँ आज दिउँसो हिँडेरै घर फर्किनु भएको हो । अस्पतालले एक सातापछि फलोअप परीक्षणका लागि बोलाएको बताइएको छ ।

टिप्पणीहरू