प्रतिपक्षमा बसेर संघीयता कार्यान्वयनमा लाग्छौँ : गुरुङ

प्रतिपक्षमा बसेर संघीयता कार्यान्वयनमा लाग्छौँ : गुरुङ

गण्डकी प्रदेशका प्रमुख विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयताको सफल कार्यान्वयनका लागि डट्ने बताउनुभएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै गुरुङले संघीयता कार्यान्वयनमा भूमिका खेले प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने बताउनुभयो । बलियो प्रतिपक्षीका रुपमा एमालेले संघीयताको कार्यान्वयनमा देखिएका समस्या समाधनका लागि खबरदारी गर्ने गुरुङको भनाई छ ।

उहाँले वर्तमान सरकारलाई एमालेले विश्वासको मत दिन नसक्ने पनि बताउनुभयो । मुख्यमन्त्रीप्रति आफ्नो सद्भाव भए पनि अवसरवादीहरुको गठवन्धन सरकार बनेकाले विश्वासको मत दिन नसकिने उहाँको भनाई छ ।

‘मुख्यमन्त्री प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबैभन्दा परिपक्व र सालिन नेता हुनुहुन्छ, उहाँलाई विश्वासको मत दिन्नँ भन्न मलाई गाह्रो छ । तर, अवसरवादी दलहरुको गठवन्धनको रुपमा सरकार बनेकाले यसलाई समर्थन गर्न सक्दैनौं । एमालेले विश्वासको मत दिन सक्दैन’, उहाँले भन्नुभयो ।

जिम्मेवार प्रतिपक्षका हिसाबले सरकारको निरपेक्ष विरोध र समर्थन नगरी प्रदेशको गौरव उठाउने कार्यमा एमालेको समर्थन रहने गुरुङले बताउनुभयो ।
यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेशसभालाई विघटनमा जानबाट रोक्न आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

टिप्पणीहरू