केटाकेटीको झगडाले साधुको मृत्यु

केटाकेटीको झगडाले साधुको मृत्यु

रुपन्देहीमा छिमेकीबीच झगडा हुँदा एक जनाको आज बिहान मृत्यु भएको छ । जिल्लाको कोटहीमाई गाउँपालिका २, कालबारीमा गए राति झगडा हुँदा ६५ वर्षे साधु यादवको मृत्यु भएको छ भने ६ जना सामान्य घाइते भएका छन् ।

बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटाकुट भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

तामाङका अनुसार घटनापछि भैरहवाको भीम अस्पतालमा उपचाररत घाइते साधुको आज बिहान मृत्यु भएको हो । घाइते अन्य ६ जना सामान्य उपचारपछि घर फर्केका छन् ।

घटनामा संलग्न रहेका ४ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको छ ।

टिप्पणीहरू