मुख्यमन्त्रीद्वारा विश्वासको मत प्रस्ताव प्रस्तुत

मुख्यमन्त्रीद्वारा विश्वासको मत प्रस्ताव प्रस्तुत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ । पोखरेलले भर्खरै विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेललाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता छ । तर, पोखरेलले आजै विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले नेतृत्वको सरकारलाई विस्थापन गरि विपक्षी गठवन्धनका तर्फबाट पोखरेल मुख्यमन्त्री बन्नुभएको हो । विपक्षी गठवन्धनमा कुनै समस्या नरहेकाले मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने सम्भावना रहेको बताइएको छ ।

टिप्पणीहरू