अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)

अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)

सबैलाई जिज्ञासा लग्न सक्छ, अन्तरिक्षबाट हेर्दा नेपाल कस्तो देखिन्छ होला भनेर ! अन्तरिक्षबाट देखिएको नेपालका केही तस्विर काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ ।

अमेरिक अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तरिक्षबाट प्राप्त गरेका केही तस्विर दूतावासले सार्वजनिक गरेको हो । पहिलो तस्विर सोयुज एमएस–१२ क्रिउशीपले भारत, नेपाल र चीनमाथिबाट २ सय ५६ माइलको अन्तरिक्षमा परिक्रमा गर्दा खिचेको हो ।दोस्रो तस्विरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले उत्तरी पाकिस्तानबाट २ सय ६३ माईलमाथि परिक्रमा गरिरहँदा भारत, नेपाल र चीनको बीचमा रहेको हिमालय क्षेत्रको दृश्य कैद गरेको छ ।यस्तै तेस्रो तस्विरमा नेपाल, श्रीलंका र जापानका साना उपग्रहहरूलाई प्रविधि प्रदर्शनको लागि पृथ्वीको कक्षमा छाड्दै गरेको बखतको हो । चौथो तस्विरमा भने सगरमाथा नजिकैको दृश्य देखिएको छ, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका २६ क्रिउ मेम्बरले खिचेका हुन् ।

टिप्पणीहरू