चुट्किला सुन्न पाऊँ

चुट्किला सुन्न पाऊँ

प्रधानमन्त्री केपी शर्मा ओलीका चुट्किला अहिले बन्द छ । सायद लकडाउनमा उहाँको चुट्किला कारखाना पनि बन्द छ होला । नभए देशमा सबैभन्दा बढी चुट्किला खपत हुने बेला त यही हो । यहीबेला उहाँको चुट्किला बाहिर आइरहेको छैन । भनेपछि कारखाना बन्दै त होला नि !

त्यसो त अहिले चुट्किला भन्ने बेला यो होइन । चुट्किला भनेको त्यसै आउने कुरा पनि होइन । यसको लागि त ठाउँ ठाउँमा सेटिङ हुनुपर्छ । बिनासेटिङ कसरी आउँछ चुट्किला ?

तैपनि, अहिले मानिस फुर्सदिला छन् । लकडाउनका कारण सबैजना घरमै बसिरहेका छन् । घरमा बस्दा बस्दा वाक्क भइसक्यो । त्यसमाथि प्रधानमन्त्रीको चुट्किला पनि बन्द छ । वाक्कमाथि अर्को वाक्क । यतिबेला यसो उहाँका दुई चार वटा चुट्किलाहरू सुन्न पाएको भए लकडाउन पनि मजैले बित्ने थियो ।

के अब हाम्रा प्रधानमन्त्रीले चुट्किला भन्ने पाउने कि नपाउने भन्ने कुरा पनि अदालतको फैसलाबाटै तय हुनुपर्ने हो ?

टिप्पणीहरू