बाढी, पहिरो र डुबानमा ८ को मृत्यु, २० बेपत्ता, ८३ को उद्धार

बाढी, पहिरो र डुबानमा ८ को मृत्यु, २० बेपत्ता, ८३ को उद्धार

अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा चार जना र पाल्पा, कास्की, डोटी र सप्तरीमा एक एक जना रहेका छन् ।

त्यसैगरी बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८०, कास्की, पाल्पा र स्याङजामा एक एक जना गरी कूल ८३ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना वेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १५ जना पुरुष र पाँच जना महिला छन् ।

सिन्धुपाल्चोकमा पाँच जना, म्याग्दीमा तीन जना, डोटीमा दुई जना, कास्की र स्याङ्जामा एक एक जना गरी १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद्जन्य घटना भएका छन् ।

टिप्पणीहरू