कोरोनाबाट आज ३९ को निधन,२ हजार बढिमा संक्रमण

कोरोनाबाट आज ३९ को निधन,२ हजार बढिमा संक्रमण

कोरोना संक्रमणको दर क्रमिक रुपमा घट्दै गएका बेला मृत्यु हुनेको संख्या पनि घट्न थालेको छ । गत २४ घन्टामा कोरोनाबाट ३९ जनाको ज्यान गुमाएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १४१ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ७११ पीसीआर तथा ४ हजार ७७३ एन्टिजेन गरी १२ हजार ४ सय ८४ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज निको हुनेभन्दा ४ सय ६६ जना संक्रमित बढेका छन् ।मन्त्रालयका अनुसार हालसम्म मुलकभर ६३ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू