विपद न्यूनीकरणमा माधव समूहले विज्ञ टोली खटाउने

विपद न्यूनीकरणमा माधव समूहले विज्ञ टोली खटाउने

नेकपा एमालेको माधव नेपाल खेमाले बाढी,पहिरोलगायतका प्राकृतिक विपत्तिको सामना गर्न विज्ञ टोली बनाउने भएको छ । आज बसेको सो समूहको स्थायी कमिटीको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेता गंगालाल तुलाधरको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरेर देशभरका कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिनुभयो।

‘देशभर बाढी पहिरोको प्रकोप बढेको र कतिपय ठाउँमा ठूलो धनजनको क्षति समेत भएको छ । बैठकले विज्ञ टोली बनाउने निर्णय गरेको छ। टोलीले मौसमविद लगायत विभिन्न पक्षसँग छलफल गर्छ’, न्यौपानेले भन्नुभयो ।

उहाँका अनुसार बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेकालाई राहत र उद्धारका लागि पार्टी कमिटी र जनसंगठनहरुलाई व्यवस्थित ढंगले परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

टिप्पणीहरू