भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुइ जना घाइते भएका छन् । मध्यपुर थिमी नगरपालिका ४ चारदोबाटोमा काठमाण्डौबाट भक्तपुरतर्फ जाँँदै गरेको बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल सडकको बीचमा रहेको आइल्याण्डमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको चौंलाखर्क ३ घर भई काठमाडौंको काँडाघारी बस्ने २७ वर्षका रमेशकुमार बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उनको बिहाने २ बजेको समयमा निधन भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीका अनुसार मोटरसाइकलमा सवार अन्य दुई जनाको उपचार भइरहेको छ ।

मोटरसाइकल पछाडी बसेका उदयपुरको ताप्ले गाउँपालिका ५ घर भई हाल काँडाघारी २२ वर्षका लोकेन्द्र मगराती र सिन्धुलीको तीनपाटन गाउँपालिका ५ घर भइ काँडाघारी बस्ने २५ वर्षका अमित जैरुको उपचार भइरहेको छ ।

टिप्पणीहरू