को-को डीआईजी कता जाने ?

को-को डीआईजी कता जाने ?

नेपाल प्रहरी उच्च अधिकृतहरुको सरुवाको तयारी शुरु भएको छ । डिआईजी,एसएसपी, एसपीहरुको सरुवाको लागि गृहकार्य भएको स्रोतको दाबी छ । डीएसपीहरुको पनि एक वर्ष पुगेकाले तयारी भइरहेको बताइन्छ ।

डिआईजी सरुवाको भने लगभग टुंगो लागेको छ । जसअनुसार १ नम्बर प्रदेशमा सीआईबीका सहकुल थापा र २ नम्बर प्रदेशमा दिवेश लोहनी जाने तय भएको छ । बाग्मतीमा प्रकाशजंग कार्की, गण्डकीमा पुरुषोत्तम कँडेल, लुम्बिनीमा अरुण बिसी, कर्णालीमा मुकुन्द आचार्य र सुदूर पश्चिममा देवबहादुर बोहोरालाई सरुवा गर्ने तयारी भएको बताइन्छ ।

थापा रहेको सीआईबीमा भने २नम्बर प्रदेशका धिरजप्रताप सिंहलाई र प्रहरी प्रधान कार्यालयको विशेष व्युरोमा रविन्द्रबहादुर धानुकको लुम्बिनीबाट सरुवा हुने अनुमान छ ।

हेटौंडाका वसन्त लामालाई अख्तियार र अरु सबैलाई हेडक्वार्टरमा राख्नेगरी सरुवाको सूचीलाई अन्तिम रुप दिन लागिएको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालयको मोटामोटी तयारी यस्तो भए पनि गृह मन्त्रालयले के,कति हेरफेर गर्ने हो टुङ्गो छैन ।

टिप्पणीहरू