भारतबाट यो कुरा चाहिँ सिक्नु न सरकार ! « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

भारतबाट यो कुरा चाहिँ सिक्नु न सरकार !

प्रकाशित मिति :  २ असार २०७८, बुधबार १८:४५


कोरोना महामारीका कारण झण्डै डेढ वर्षदेखि विश्वका विद्यालयहरु बन्द छन् । धनी र विकसित मुलुकमा भर्चुअल कक्षाबाट भए पनि पठन पाठनलाई निरन्तरता दिइएको छ । तर नेपालजस्तो अविकसित र प्रविधिमा पर्याप्त पहुँच नपुगेको मुलुकमा महामारीले सबैभन्दा धेरै शैक्षिक क्षेत्रलाई तहस नहस बनाएको छ ।

यसबीच भौतिक उपस्थिति बिनाको पढाइले शैक्षिक गुणस्तरमा नराम्रोसँग धक्का लागेको छ । छिमेकी भारतले भर्चुअल पठन पाठनलाई व्यवस्थित बनाउन कक्षा १ देखि १२ सम्मका सबै पाठ्यपुस्तकलाई भौतिक रुपमा मात्र नभई पीडीएफ फर्म्याटमा उपलब्ध गराएको छ ।

नेपालमा भने असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको छ । सर्वत्र निषेधाज्ञा जारी गरिएका कारण पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सकेको छैन । मनसुनको कारण सडक मार्ग अवरुद्ध हुन थालेको छ । प्रविधिमा पहुँच नभएकाले दुर्गम भेगका शिक्षक र विद्यार्थीको निम्ति भर्चुअल पठन पाठन अझै पनि आकाशको फल बनेको छ ।

पीडीएफ पुस्तकमा पहुँचको लागि स्वयम् सरकारले समेत अग्रसरता लिएको देखिँदैन । यस्तो बेला छिमेकबाट यस्ता सरल र सुलभ कुरा सरकारले सिके हुने अविभावकहरुको राय छ

https://cart.ebalbharati.in/BalBooks/ebook.aspx?fbclid=IwAR3BH9HZrh0a5aPmWpLQNkqyCoeYfRCqzUBNROTtGKV4Y_6F54DMhe5jszo


प्रतिक्रिया दिनुहोस !