आगामी ३ दिन बाढी पहिरोको उच्च जोखिम, थप सतर्कता अपनाउन अनुरोध

आगामी ३ दिन बाढी पहिरोको उच्च जोखिम, थप सतर्कता अपनाउन अनुरोध

यो वर्षको मनसुन शुरु भएको एकाध दिनमा नै बाढी पहिरोको उच्च प्रकोप देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन मुलुकका प्रमुख नदी र विशेषगरी चुरे र तराईका साना नदीको बहावलाई ध्यान दिन आग्रह गरेको छ ।

महाशाखाले पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी, जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका चुरे र मा बहाब बढी हुने र केहिमा आकस्मिक बहाव देखिने भएकाले थप सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ ।बुधबार पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरीलगायत तिनका जलाधार क्षेत्रमा बहाव बढ़नसक्ने भएकाले उसले सतर्कताको आग्रह गरेको हो । महाशाखाका अनुसार असार ३ गते गण्डकी र लुम्बिनी प्रदेशका नदीमा आकस्मिक बहाव बढ्न सक्छ ।

असार ४ गते शुक्रबार पश्चिम राप्ती र बबईका साथै प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका चुरे र तराइका साना नदीमा समेत बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

टिप्पणीहरू