पहिले ‘बा’ भनियो, अहिले रोजेर ‘ला खा’ भनिँदैछ

पहिले ‘बा’ भनियो, अहिले रोजेर ‘ला खा’ भनिँदैछ

नेकपामा विग्रह र एमालेभित्रको किचलोले पाँच बर्ष प्रतिपक्षमा बस्न तयार छौँ भनेको नेपाली काँग्रेसलाई नसोचेको फाइदा पुगेको छ । कर्णाली प्रदेशको ४० मा ६ सिट जितेको काँग्रेस सगर्व सरकारमा सामेल भएको छ । त्यस्तै २ नम्बर प्रदेशमा पनि सरकारमा गएको छ । उता,  नै फुत्काएको छ । त्यहाँ सबैभन्दा ठूलो दल एमाले ‘सशक्त’ विपक्षीमा खुम्चिएको छ ।

यस्तो किन भयो होला ? भनेर सोधिएको जिज्ञासामा एमालेका एक जना युवा नेता भन्छन् ‘यो सबै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको हठका कारणले भएको हो । तर उहाँ त्यो मान्न तयारै हुुनुुहुन्न ।’

त्यसोभए कारक र कारण के हो त ? हाम्रो दोस्रो जिज्ञासामा उहाँले भन्नुभयो– ‘बालुवाटार निकटस्थहरु पनि उहाँ एक जनाको हठ र दम्भका कारणले यो सबै भएको हो भन्नसक्ने अवस्थामा कोही छैनन् । अहिले पद गए पनि त्यो पद तिमीहरुलाई मैले नै दिएको त हो नि भन्न थालिएपछि किचेन क्याबिनेटका सदस्यहरु नै चुप लाग्न बाध्य भएका हुन् ।’

प्रधानमन्त्री ओलीले तीन वर्षअघि पार्टी एकीकरण हुँदाको सहमतिलाई ठाडै नकार्दै माओवादी अध्यक्ष प्रचण्डलाई आफूले ४५ प्रतिशत हिस्सा दिएको ठाडै भन्नुभएको थियो । जुन कसैले दिएको वा पाएको हैसियत होइन । बरु सहमतिको निचोड थियो ।

त्यसैगरी कहिलेकाँही चुनावताकाको कुरो कोट्याउँदै ‘वरिष्ठ नेता माधवकुमार नेपालका मान्छे यति जनालाई टिकट दिएको थिएँ, अहिले मलाई तिनैले घात गरे, ती घाँडो भए’ भन्नुले पनि उहाँमा आफूले दिने र अरुले पाउने सोच हावी रहेको देखाउँछ । जुन कम्युनिष्ट पार्टीभित्र हुनुपर्ने सर्वव्यापी मान्यता र पध्दति बिपरितको कुरा हो भनिन्छ ।

कम्युनिस्ट पार्टीमा हरेक निर्णय सामूहिक हुन्छ । सामूहिक निर्णयबाट प्राप्त हुने अवसरमा सहभागी हुन पाउनु कम्युनिष्ट पार्टीका सदस्यको अधिकार पनि हो । तर उहाँले पार्टीलाई निजी कम्पनी र आफूलाई त्यसको प्रोप्राइटरको रुपमा लिँदा पार्टी अहिले यो अवस्थामा आइपुगेको बुध्दिजीवीहरुको तर्क छ ।

यता प्रधानमन्त्रीले त्यस्तो मान्यता राख्ने उता, बन्नै नसक्ने मान्छेलाई ठूला पदको जिम्मेवारी दिने हुँदा अहिले पार्टीले सर्वत्र हार व्यहोर्न परेको भन्नेहरु पनि छन् । सिध्दान्ततः गण्डकी प्रदेशमा वरिष्ठताको हिसाबले पनि किरण गुरुङलाई मुख्यमन्त्री बनाउनुपथ्र्यो । जसको नेतृत्वमा चुनाव भयो उसैलाई तल मन्त्रीमा थन्काएर आफ्नो खास मान्छेलाई मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएको परिणाम पनि अहिलेको अवस्थाका पछाडि सुषुप्त कारण रहेको ती युवा नेताको कथन छ ।

हुन पनि किरण गुरुङ केन्द्रीय समिति सदस्य हुँदा पृथ्वीसुब्बा गुरुङ लमजुङ्ग जिल्ला कमिटीको जिम्मेवारीमा हुनुहुन्थ्यो । किरण गण्डकीका धेरै पुराना वामपन्थी नेतामध्येको एक हुनुहुन्छ । उहाँले २०४८ र ०६४ को खडेरीमा समेत तनहुँबाट जित्नुभएको थियो । तर, किरणलाई वामदेवतिर लागेको आरोपमा पन्छाउँदै लगियो । उता, पृथ्वीले ०४३ सालदेखि पाँचपटक चुनाव हारेर पनि संघको पर्यटन मन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न पाउनुभयो ।

आन्दोलन, योगदान, निरन्तरता र वरियताभन्दा ‘बा‘ भक्तिलाई प्रश्रय दिएकोले यस्तै प्रवृत्ति बाग्मति र प्रदेश नम्बर १ मा समेत देखिएको र अहिले भुसको आगो सल्किएको भन्नेहरु एमालेमा थुप्रै छन् ।

टिप्पणीहरू