पसलहरुमा चहल–पहल बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

पसलहरुमा चहल–पहल बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

काठमाडौं उपत्यकाका दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । हिजोदेखि निषेधाज्ञामा सामान्य लचकता अपनाएपछि दैनिक उपभोग्य सामग्रीका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ । जसका कारण किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो ।

यसअघि त्यस्ता पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइन्थ्यो । ११ बजेसम्म पसल खोल्दा उपभोक्तालाई सामग्री उपलब्ध गराउन सहज भएको ललितपुरको लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशीले बताउनुभयो । सरकारले परिस्थितिको मूल्याङ्कन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिका १९ का वडा अध्यक्ष विनोद ताम्राकार पनि अहिले उपभोक्तालाई आवश्यक सामग्री किन्न निकै सहज भएको बताउनुहुन्छ । हार्डवेयर र पुस्तक पसल खुल्दा समेत धेरैलाई सहज भएको उहाँले बताउनुभयो ।

उहाँले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्र आवश्यक सामग्री किन्न वडावासीलाई आग्रह समेत गर्नुभएको छ ।

टिप्पणीहरू