विपन्नलाई बंगुर र बाख्रा वितरण

विपन्नलाई बंगुर र बाख्रा वितरण

उदयपुरको चौदण्डीगढी नगरपालिकाले अति विपन्न घरपरिवारकाे आय बृध्दिका निम्ति ३८ बंगुरकाे भुनी र ३४ बाख्रा वितरण गरेको छ ।

चालु आर्थिक वर्षको बजेट ९ लाख रुपैयाँबाट (पाख्रीवास कालो) उन्नत जातको बंगुरको पाठी (भुनी) खरिद गरी स्थानीय विपन्न घरपरिवारलाई वितरण गरिएको हाे । यी बंगुर र बाख्रा झाेरापाटाका गरिब परिवारलाई दिइएको हाे ।वडाध्यक्ष सन्तोष सुवेदीका अनुसार वडा नं. २ मा जम्मा ७२ वटा भुनी बंगुर र ७० वटा बाख्रा वितरण गरिने छ । चाैदन्डीगढी नगरपालिकाले ‘अति विपन्न घरपरिवारहरुको आय बृध्दिका लागि आयमुलक सहायता कार्यक्रम’ सञ्चालन गर्दै आएको मेयर खगेन्द्र राईले बताउनुभयाे ।

याे कार्यक्रममार्फत नगरमा बसाेबास गर्ने विपन्न परिवारको आयस्तर बृध्दि गर्दै आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ ।

टिप्पणीहरू