चीनबाट ४ अर्बको ४० लाख,अमेरिकाबाट ५० लाख डोज खोप ल्याइँदै

चीनबाट ४ अर्बको ४० लाख,अमेरिकाबाट ५० लाख डोज खोप ल्याइँदै

सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने भएको छ । त्यसको लागि आवश्यक बजेट छुट्याइएको र अस्ति बेलुका क्याबिनेट बैठकबाट निर्णय भैसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

चीनबाट ४० लाख डोज खरिदको लागि ४ अर्ब रुपैयाँ निकासा हुन मात्र बाँकी रहेको छ । स्वास्थ्यले पत्र लेख्नेबित्तिक्कै रकमान्तर गर्न अर्थ तयार रहेको अवस्थामा सोमबारको क्याबिनेटले चीनबाट खोप किन्ने निर्णय गरेको हो ।

उता विश्व बैंकले पनि नेपाललाई खोप किनिदिने भएको छ । ५० लाख डोज खरिद गर्ने भनिए पनि त्यसको रेट हालसम्म नआएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । उसको ‘रेट र नेगोसियसन’ उसैले गर्छ ।

विश्व बैंकले हामीलाई अमेरिकाबाट जोन्सन एण्ड जोन्सनको एक सटवाला ५० लाख डोज खोप खरिद गरेर नेपाल ल्याइदिने हो ।

टिप्पणीहरू