६ किलो चरेशहित नेपाली भारतमा पक्राउ

६ किलो चरेशहित नेपाली भारतमा पक्राउ

लागूऔषध चरेशसहित भारतमा एक नेपाली युवा पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार बाँके जिल्ला घर भएका सलिम दर्जीका छोरा शोभा दर्जी ६ किलो चरेशसहित पक्राउ परेका हुन् ।

भारतीय प्रहरीले आज जारी गरेको विज्ञप्तिमा झण्डै दुई करोड भारतीय रुपैयाँ बराबरको चरेससहित उनलाई पक्राउ गरेको जनाइएको छ । दर्जीलाई नेपाल भारत सीमास्तम्भ नम्बर ६५२-१४ देखि करिब २ सय मीटरभित्र रुपैडिया जनपद बहराइच पुलिसले चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो

टिप्पणीहरू