इञ्जिनियरहरु निःशुल्क भेन्टिलेटर मर्मत गर्दै

इञ्जिनियरहरु निःशुल्क भेन्टिलेटर मर्मत गर्दै

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क स्वास्थ्य उपकरणको मर्मत सम्भार गर्न थालेको छ । संस्थाले कोभिड–१९ को महामारीमा कतिपय अस्पतालमा बिग्रिएका भेन्टिलेटर,अक्सिजन कन्सन्ट्रेटर,मनिटर,आइसीयुमा प्रयोग हुने विभिन्न उपकरणको बायोमेडिकल इन्जिनियरहरुको समूहले निःशुल्क मर्मत गरेको हो ।

समूहमा आवद्ध इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा दुई जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको समिति बनाएर मर्मत थालिएको बताउनुभयो ।

कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिएको भन्दै आफूहरुले त्यसका लागि अस्पतालमा पुगेर सहजीकरण समेत गरिदिएको उहाँले बताउनुभयो । इन्जिनियरहरुको समूहले मंगलबार ललितपुरस्थित सर्वाङ्ग अस्पतालको भेन्टिलेटर मर्मत गरेको हो ।

नेपालका ७५ प्रतिशत अस्पतालमा बायोमेडिकल इन्जिनियर नभएकाले अहिलेको परिवेशमा अस्पतालहरुमा बायोमेडिकल इन्जिनियरहरुले सहयोग गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

 

टिप्पणीहरू