कोरोनाले गर्दा लामिडाँडा बन्द

कोरोनाले गर्दा लामिडाँडा बन्द

उदयपुरको बेलका नगरपालिका–६ लामीडाँडा गाउँमा कोभिड १९ को संक्रमितहरु ह्वात्तै बढेपछि गाउँ नै सिल गरिएको छ ।

सो गाउँमा हिजो गरिएको एन्टिजेन परिक्षणको क्रममा ३२ जनाको टेस्ट गर्दा २७ जना पोजेटिभ देखिएको हो । यसले गर्दा असार ७ गतेसम्मको लागि सो गाउँमा आवतजावत गर्न पूर्णरुपमा प्रतिवन्ध गरिएको जानकारी बेलका नगरप्रमुख दुर्गाकुमार थापाले गराउनु भयो ।

सो पालिकामा कोभिड १९ बाट संक्रमितहरुको संख्या २ सय ४४ जना र मृत्यु हुनेको संख्या चार पुगेको छ ।

टिप्पणीहरू