पृथ्वी राजमार्ग छिनछिनमै अवरुद्ध, ग्रामीण सडकको यात्रा जोखिमपूर्ण

पृथ्वी राजमार्ग छिनछिनमै अवरुद्ध, ग्रामीण सडकको यात्रा जोखिमपूर्ण

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०,जोगिमारामा पहिरो खस्दा पृथ्वीराजमार्ग अबरुध्द छ । रातीदेखि परेको पानीले सडक माथिबाट लेदो झरेर सवारी आवतजावत अबरुद्ध बनेको हो । निषेधाज्ञाले यात्रुवाहक सवारी नचलेको भएपनि मालवाहक ट्रक र निजी सवारीहरु जाममा परेका छन् ।

पहिरो र लेदो झर्ने क्रम रोकिएको छैन । सडक छिनमै अबरुद्ध हुने र सडक बिभागको डोजरले छिनमै खुलाउने काम भैरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
बाटो खुलाउँदै सवारी पास गराइरहेको भएपनि यात्रा जोखिमपूर्ण बनेकोले सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।

धादिङबाट निर्वाचित बागमती प्रदेश सांसद जगत सिंखडाका अनुसार, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी समेत पहिरोमा रोकिएका छन् ।

हेटौंडा सिमेन्ट उद्योगको चुनढुङ्गा खानी संचालनको लापर्वाहीका कारण लेदोमाटो र पहिरोले सडक पुरिएको स्थानीयले बताए ।
पानी परिरहेकोले खोला- खोल्साहरुमा पनि भल बढेको छ । यो बर्षकै पहिलो पटक झरी परिरहेकोले नयाँ खोलिएको ट्र्याक र ग्रामीण सडकहरुमा पनि पहिरो झर्ने संभावना बढेको हुँदा सचेत रहन जिल्लास्थित सरोकारवालाले आग्रह गरेका छन् ।

टिप्पणीहरू