लकडाउनमा बिदेश बस्ने पत्रकारको चुनाव,नेपालमा जीत,बेलायतमा हार

लकडाउनमा बिदेश बस्ने पत्रकारको चुनाव,नेपालमा जीत,बेलायतमा हार

नेपाल पत्रकार महासंघ बेलायतले अस्ति आइतबार नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण पोष्टका लागि बेलायत संवाददाता एवं लण्डनबाट सञ्चालित नेपालीलिंकडटकमका सम्पादक ध्रुवराज अर्याल अर्का प्रतिष्पर्धी श्याम लुईंटेललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा प्रेस युनियन भर्सेज अरुको प्यानल थियो ।

हालै एक अनलाइन शुरु गरेका प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको सहमतिका नाममा पद भागबण्डा गर्ने योजना थियो। शाखाको पाँचौ अधिवेशननिम्ति केन्द्रबाट तोकिएका प्रतिनिधि भगिरथ योगीको समर्थन,गत निर्वाचनमा एनआरएनए अध्यक्षका प्रतिस्पर्धी व्यापारी कुल आचार्यको साथ र प्रेस युनियन केन्द्रको जोड एक्लै जानेमा थियो ।

अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिव गरी तीन पदका लागि भएको निर्वाचनमा प्रेस युनियन समर्थक उम्मेदवारहरु क्रमशः श्याम लुईंटेल,सञ्जयभक्त कंडेल र जगन कार्कीलाई पछि पारेर अर्को खेमा बिजयी भएको हो । अघिल्लो पटक केन्द्रीय महासचिव रमेश बिष्टद्वारा महासचिवमा प्रोत्साहित गरिएका सञ्जयभक्त कंडेलले ४२ मतमध्ये १० मत ल्याउँदा श्याम लुईंटेललाई १६ र जगन कार्कीलाई १५ मत आएको बताइन्छ ।

सहमति गराएरै छाड्छु भन्दै आफूले पनि अध्यक्षमा उम्मेदवारी हालेका बिपिनको उम्मेदवारी निर्वाचन समितिले शुरुमै खारेज गरिदिएको थियो । त्यसपछि कहिले सहमतिमा सहअध्यक्ष, कहिले आधा आधा कार्यकाल त कहिले थप पद सिर्जनाको प्रयत्न भएको थियो ।

प्रेस युनियन बेलायत अध्यक्ष बिपिन निरौलामाथि एनआरएन यूकेका एकजना प्रत्यासीसङ्ग चुनाव खर्चको निम्ति भिडेपछि कानूनी उपचार खोज्ने तयारी भइरहेको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू