नक्कली डिएसपीलाई सक्कलीले समाते

नक्कली डिएसपीलाई सक्कलीले समाते

आफूलाई नेपाल प्रहरीको डाक्टर प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै हिँडेका तारकेश्वर नगरपालिका ६, स्थित भिक्टोरिया फार्मेसीका सञ्चालक कृष्णप्रसाद ढुङ्गाना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदा/पदवी पाएको भन्दै भ्रम सिर्जना गरेपछि ४४ वर्षीय ढुंगानालाई महानगरीय प्रहरी अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीले उनकै फार्मेसीबाट पक्राउ गरेको हो । आफूलाई मेडिकल डाइरेक्टर डा. एस. के ढुङ्गाना एक्स.एफ.हुँ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनको साथबाट तीन थान नेपाल प्रहरीका विभिन्न पदको युनिफर्म लगाएका फोटा, एक थान प्रहरी नायव उपरीक्षकको युनिफर्म, एक थान नेपाल प्रहरीको जर्सी र एक थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू