कोटेश्वरमा तीन नेताको दृढता, यसअघिका सहमतिमा चर्को प्रतिबध्दता

कोटेश्वरमा तीन नेताको दृढता, यसअघिका सहमतिमा चर्को प्रतिबध्दता

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा आज साँझ भएको काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको भेटवार्तामा आपसी सहमतिलाई निश्कर्षमा पुर्याई छाड्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

मुलुकको राजनीतिमा विकसित पछिल्लो घटनाक्रममा आफूहरुले राष्ट्रियता,लोकतन्त्र,जनजीविका र जनचासोका विषयलाई केन्द्रविन्दूमा राखेर अघि बढेकाले अन्तिम समयसम्म त्यसैलाई बोक्ने सहमति दोहोर्याइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनताको समस्या र पीरमर्कालाई सम्बोधन नगरेकाले त्यसमा सरकार पूर्ण असफल भएको तीन जना नेताको भेटघाटले ठहर गरेको छ ।

पारस्परिक सम्बन्ध र गठजोडमा कुनै पनि हालतले अविश्वास पैदा हुन नदिने सहमति भएको छ । त्यसैगरी कहिँ कतैबाट भ्रम पैदा गर्ने कोशिस भएमा त्यसमा विश्वास नगर्नेसमेत उहाँहरुबीच एकमत कायम भएको छ ।’

बैठकमा नेताहरुले राखेको धारणा उद्धृत गर्दै स्रोतले भनेको छ- ‘गणतन्त्र,संघीयता र प्रतिनिधिसभाको रक्षा गर्ने उद्देश्यको निम्ति कायम भएको पारस्परिक सम्बन्ध र गठजोडमा कुनै पनि हालतले अविश्वास पैदा हुन नदिने सहमति भएको छ । त्यसैगरी कहिँ कतैबाट भ्रम पैदा गर्ने कोशिस भएमा त्यसमा विश्वास नगर्नेसमेत उहाँहरुबीच एकमत कायम भएको छ ।’

हाल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउन सरकारको तर्फबाट आउनसक्ने दबाब र धम्कीलाई भेटघाटले त्यस्तो प्रयास गलत हुने ठहर गरेको छ । उहाँहरुले स्वतन्त्र न्यायालयको गरिमाको सबैले सम्मान र स्वतन्त्र निर्णय गर्ने अधिकारको कदर गर्न सरकारलाई आग्रह पनि गर्नुभएको छ ।

टिप्पणीहरू