जनमोर्चाका कृष्ण थापाको पद खारेज (आदेशसहित)

जनमोर्चाका कृष्ण थापाको पद खारेज (आदेशसहित)

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । सर्वोच्चले थापालाई थमौती गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरेपछि उनी पदमुक्त भएका हुन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले परिस्थितिमा परिवर्तन आएकोले अघिल्लो अन्तरिम आदेश खारेज गरेको हो ।

‘यस अदालतबाट जेठ २३ गते जारी भएको अन्तरिम आदेशपश्चात परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन । यस अवस्थामा विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी यस अदालतबाट मिति २०७८/०२/२३ मा दिइएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्तता रहेको नदेखिँदा सो मितिमा जारी अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नपरी सर्वोच्च अदालत नियमावली,२०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ’,आदेशमा भनिएको छ ।

जेठ २३ मा सर्वोच्चले राष्ट्रिय जनमोर्चाले थापामाथि गरेको कारबाही थमौती गरी अन्तरिम आदेश दिएको थियो । आदेशविरुध्द गण्डकी प्रदेशसभा सचिवालयले भ्याकेट मुद्दा दर्ता गराएको थियो ।

सर्वोच्चको आजको आदेशले थापालाई अर्को रीटको लागि बाटोसमेत खोलिदिएको छ ।

टिप्पणीहरू