कोरोनाबाट आज ५३ को निधन, २९ सयमा पुष्टि, ५१ सय निको

कोरोनाबाट आज ५३ को निधन, २९ सयमा पुष्टि, ५१ सय निको

कोरोनाबाट आज ५३ जनाको ज्यान गएको छ । २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार १ सय ४७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४ सय ३८ पीसीआर तथा ५ हजार ३ सय ८१ एन्टिजेन गरी १४ हजार ८ सय १९ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा २ हजार २ सय २९ जना बढी निको भएका छन् । त्यस्तै आज मुलकभर ६६ हजार ६ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू