आज फेरि गण्डकीका माननीयको मुध्दा

आज फेरि गण्डकीका माननीयको मुध्दा

गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पदमुक्तिसम्बन्धी मुद्दाको पेशी आजको लागि तोकिएको छ ।

यसअघि कुमार चुडालको एकल इजलाशबाट कृष्णकै पक्षमा अन्तरिम आदेश आएपछि जनमोर्चाको तर्फबाट पियारी थापासहितले भ्याकेट (पुनरावदेन) हालेका थिए ।

अघिल्लो बिहिबार कुमार रेग्मीसहित सपना मल्ल प्रधानको इजलाश तोकिएको थियो । पेशी आजका लागि फेरि तोकिएको छ । ६ नम्बर फाँटमा सुनुवाई हुँदैछ ।

आजका लागि न्यायाधीशद्वय कुमार रेग्मीसहित विश्वम्भरप्रसाद श्रेष्ठको इजलाश तोकिएको छ ।

टिप्पणीहरू