छुच्चो बोली र लेखाइले एमालेमा समस्या

छुच्चो बोली र लेखाइले एमालेमा समस्या

एमालेभित्र पछिल्लो किचलोको निम्ति दुबै समूहतर्फ धेरथोर कमी कमजोरी रहेको बताउन थालिएको छ । धेरै गल्ति र कमजोरी प्रधानमन्त्री तथा अध्यक्ष ओली समूहको भए पनि वरिष्ठ नेता माधव नेपाल समूहतर्फ पनि कमि कमजोरी हुँदै नभएको हैन । अधिकांशले भनेका छन् ‘उपाध्यक्ष भीम रावलका कारण सो समूह धेरै आलोचित भएको छ । उनको चट्टानी अडान र एक्लौटी पेलाइले समूहलाई नै अप्ठेरोमा पारेको हो ।’

उता प्रधानमन्त्री ओलीका सल्लाहकार मण्डलको पनि त्यस्तै ‘छुच्चो’ स्वभावको धेरैले आलोचना गर्दै आएका छन् । विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा सबैले सामाजिक सञ्जालमा लेख्ने र बोल्ने विषयलाई आधार मानेर उक्त विश्लेषण गरिएको हो । तर तीमध्ये तुलनात्मक रुपमा विष्णु आफैसङ्ग कुछ क्षमता भएका र लागेको कुरा नलुकाई भन्ने स्वभावका हुन् भन्नेहरुको कमि छैन ।

“एकजना स्थानीयले नेताजी,मेरो छोरो भएन,छोरी मात्रै भए भनेर बिलौना गर्दा पण्डितले ल ठीक छ, हेरौंला भनेका थिए ।’ राजनीतिमा कहिलेकाँही त्यस्तो पनि भन्नसक्नुपर्छ । सँधै सोझो ढंगले बोलेर मात्रै हुँदैन ।”

सामान्यतया प्रत्यक्ष राजनीतिमा सहभागी नभएका र चुनाव लड्न या पब्लिकसँग डिल गर्न नपरेका जो कोहीको स्वभाव त्यस्तै हुने गर्छ । त्यस्ता मानिसमा बिनम्रता नपाइने तर हुन्छ,हुन्न ड्याङ्गै भनिदिने स्वभावको प्रचुरता पाइने नेताहरु बताउँछन् । जुन कुरो विशुद्ध राजनीतिज्ञहरूलाई मन पर्दैन । रिमालको हकमा पनि त्यहि हुन पुगेको एकथरिको ठम्याइ छ ।

राजनीतिमा भिज्नको लागि प्युठानका राप्रपा नेता खेमराज पण्डितजस्तो हुनुपर्ने उदाहरण दिँदै एक जना विश्लेषकले बताए, ‘नेतामा पण्डितको जस्तो गुण पनि हुनुपर्छ ।’ उनले उदाहरण दिँदै भने ‘राजनीतिक कार्यक्रमको दौरान पण्डितसँग कुनै एउटा गाउँमा जाँदा एकजना स्थानीयले नेताजी,मेरो छोरो भएन,छोरी मात्रै भए भनेर बिलौना गर्दा पण्डितले ल ठीक छ, हेरौंला भनेका थिए ।’ राजनीतिमा कहिलेकाँही त्यस्तो पनि भन्नसक्नुपर्छ । सँधै सोझो ढंगले बोलेर मात्रै हुँदैन भन्नेहरु एमालेभित्र थुप्रै छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल प्रविधि र भाषाको हिसाबले अब्बल मानिन्छन् । आजभन्दा केही दशकअघि एमालेका नेतालाई प्रविधि र भाषाको कखरा सिकाउने व्यक्ति उनै हुन् । एमालेका तिनै विश्लेषकले भने, ‘सबैजसो कुरो जानेका छन् तर अभिव्यक्ति छुचो छ ।’

अचम्मसँग रिमालले आफ्नो उक्त प्रवृत्तिलाई पछिल्ला दिनमा पूरै नियन्त्रणमा राखेको पाइन्छ । पछिल्लो ५–६ महिनादेखि ट्वीटर, फेसबुकमा छुच्याईंयुक्त पोस्टहरु पढ्न पाइन छाडेको छ । जबकि उनले पहिले एमालेका नेताहरूलाई नै ‘विभिषण’ समेत भनेर लेख्न भ्याएका थिए । अहिले सबैको त्यो बिँडो प्रेस सल्लाहकारले सम्हालेको देखिन्छ ।

टिप्पणीहरू