करेन्ट लागेर घाइते भएका बालकको उपचारमा समस्या,सहयोगको याचना

करेन्ट लागेर घाइते भएका बालकको उपचारमा समस्या,सहयोगको याचना

करेन्ट लागेर घाइते भएका एक बालकको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ का ८ वर्षीय निर्माण पुरीको उपचारमा समस्या भएको हो । जेठ २२ गते गाउँको निन्याउरी खोलामा बाख्रा चराउन जाँदा उनी करेन्ट लागेर घाइते भएका थिए ।

सडक विस्तारको जिम्मा लिएको ठेकेदारले सडकमै छोडेको बाटोको थुम्कोको कारण बिद्युतको पोल तल झरेको र बालकलाई करेन्ट लागेको आफन्तले जनाएका छन् ।

करेन्ट लागेर घाइते भएका उनको अहिले काठमान्डौँस्थित पुष्पलाल मेडिकल कलेजमा उपचार भइरहेको छ । तर, गरिव परिवारका कारण राम्रो उपचार हुन नसक्दा निर्माणको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनका अभिभावकले बताएका छन् । उपचारको निम्ति दैनिक ३०-३५ हजारसम्म खर्च हुने गरेको छ । निर्माणका बुवा रोजगारीको क्रममा भारतमा छन् । उनी आमा र ठू ला बुवासँगै घरमा थिए ।

आर्थिक अभावको कारण छोराको ज्यान बचाउन मुस्किल हुँदै गएको आमा जानी पुन पुरीले बताएकी छन् । करेन्ट लागेपछि आफन्तले उनलाई तत्काल उपचारका लागि आठविसकोट नगर अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँबाट पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो ।

निर्माणकोे उपचारमा सहयोग गरिदिन परिवारले सहयोगी दाताहरुसँग अनुरोध गरेको छ । निर्माणको आमाको सम्पर्क नम्बर ९८६४३५३६१६ हो ।

टिप्पणीहरू