निषेधाज्ञा उल्लंघन गर्ने २ विदेशी र २ महिलासहित ९ जना होटलबाटै पक्राउ

निषेधाज्ञा उल्लंघन गर्ने २ विदेशी र २ महिलासहित ९ जना होटलबाटै पक्राउ

कोरोना महामारी रोकथामको निम्ति लगाइएको निषेधाज्ञा उल्लंघन गरेकोमा काठमाडौंका एक होटल सञ्चालकसहित ९ जना कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लंघन गरेकोमा उनीहरुलाई त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटल भित्रैबाट समातिएको हो ।

उनीहरुलाई स्थानीय प्रशासन ऐन,दफा ६ को उपदफा ३ बमोजिम हो–हल्ला गरेको, होटलमा जम्मा भई समाजमा संक्रामक रोग फैलाउने कार्य गरेको आरोपमा पक्रेको बताइएको छ । पक्राउ परेकामध्ये भोजपुर नगरपालिका ९ का २५ वर्षीय होटल सञ्चालक अश्विन श्रेष्ठलाई चार लाख रुपैयाँ जरिवाना गराइएको छ । पक्राउ परेका अन्यलाई १५ हजार रुपैयाँ तिराइएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका ५ की २९ वर्षीया एलिसा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ की २१ योगिता भनिने सुनी तामाङ,बूढानिलकण्ठ नगरपालिका वडा नं. ४ का २३ वर्षीय क्षितिज खड्का, सिन्धुपाल्चोक लिसँखु गाउँपालिका ७ का २९ वर्षीय नवीन लामा रहेका छन् ।

त्यसैगरी दोलखा बैतेश्वर गाउँपालिका १ का २३ वर्षीय रोहित तामाङ,गोकर्णेश्वर नगरपालिका ८ का १८ वर्षीय सुजन नेपाली,क्रोयसियाली नागरिक ०८६०४७०७५ नं. को राहदानी वाहक वर्ष ३० को विलियम पोसान्कोविच र अजरबैजानका सी०२५४७०२२ नं. को राहदानी वाहक वर्ष २८ का नुरलान जाहिद ओग्लुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू