नेपाली युवतीलाई भारतीय फौजमा लगिने « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

नेपाली युवतीलाई भारतीय फौजमा लगिने

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १३:४५


नेपाली युवतीहरुले भारतीय सेनामा भर्ति हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै महिला सैनिक प्रहरीको लागि छनोट आव्हान गरेको हो ।

भारतको अम्बाल,लखनउ, जवलपुर,बेलगाव,पुने र सिलांगमा भर्ति छनोट हुने सूचनामा जनाइएको छ । दूतावासको सूचनामा भर्तिमा जान चाहनेहरुले अनलाइनबाट आवेदन दिनसक्ने उल्लेख छ । जसका लागि http://joinindianarmy.nic.in मा गएर २० जुलाईसम्म आवेदन भर्न सकिने बताइएको छ ।

उम्मेदवारको योग्यताका हकमा १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका,न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएका इच्छुक उम्मेदवारले आवेदन दिनसक्ने उल्लेख छ ।

वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ भने गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ ।

जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ । जसअनुसार इच्छुक उम्मेदवारले १.६ किलोमिटरको दूरी ८ मीनेटभित्र दौडिनुपर्ने,१० फिट लङ्गजम्प गर्नुपर्ने र ३ फिट हाइजम्प गर्नुपर्नेछ ।

सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !