ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित,गल्ती स्वीकार्दै प्रहरीमा मिलापत्र

ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित,गल्ती स्वीकार्दै प्रहरीमा मिलापत्र

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मापसे गरेको प्रमाणित भएको छ । सोही राती अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो ।

तर शाहीले आफूहरुले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको भिडियोमा सुन्न र हेर्न सकिन्छ ।

यसैबीच उक्त घटना मिलाउन आज बेलुका १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी,प्रहरी निरिक्षक कनक शाहीसँग अभियन्ता शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरुले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको थियो । त्यसपछि प्रहरी हिरासतमा रहेका युवाहरु छुटेका छन् । डिस्चार्ज भए पनि प्रदेश अस्पतालमा उपचाररत भन्दै बसेका शाहीको टोली स्थानीय सत्कार होटलमा बस्न गएको छ ।

https://www.facebook.com/padam.ban.5/posts/3983060385122993

टिप्पणीहरू