धारिलो हतियार तथा लाठी प्रहारबाट २ को मृत्यु

धारिलो हतियार तथा लाठी प्रहारबाट २ को मृत्यु

धारिलो हतियार तथा लाठी प्रहारबाट पाँचथर र पर्सामा एक–एक जनाले ज्यान गुमाएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ का ७९ वर्षीय टेकबहादुर लिम्बुको धारिलो हतियार प्रहारबाट हिजो राति मृत्यु भएको छ ।

अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, पर्साको कालिकामाई गाउँपालिका–४ बलुवाका ५५ वर्षीय वृजेश महतो कोईरीको लाठी प्रहारबाट आइतबार दिउँसो मृत्यु भएको छ ।

बृजेश र उनकै भाई ४० वर्षीय विजय महतो कोईरीबीच शौचालयको विषयलाई लिएर झै–झगडा हुँदा विजयले वृजेशलाई लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू