ज्यान बाँचे पो रिपोर्टिङ !

ज्यान बाँचे पो रिपोर्टिङ !

नेपाली पत्रकारहरुले कोभिड –१९ को कहरमा परेर एक हजारभन्दा बढी संक्रमित भई २० जनाले ज्यान गुमाएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तातिन थालेको छ ।

केन्द्रीय समितिले पत्रकारहरुलाई कोरोना कहरको बेला सकेसम्म घरमै बसेर सुरक्षित ढंगले रिर्पोटिङ र सम्पादनको काम गर्न अनुरोध गर्दै सचेतना पोस्टर प्रकाशित गरेको छ । पोस्टरमा ‘कामभन्दा पहिला ज्यान’लाई महत्व दिन, ‘बाँचे समाचार लेख्न सकिन्छ’ भन्ने सन्देश दिइएको पाइन्छ ।दश बुँदे पोस्टरमा ‘आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं’ भन्ने नारा राखिएको छ । पोस्टरमा व्यक्तिगत सरसफाइ, सावधानीका साथै भ्रम नफैलाउनको लागि आधिकारिक निकायहरुको सूचनालाई मात्र प्रयोग गर्न पत्रकारहरुलाई अनुरोध गरिएको छ ।

कोरोना कहरका कारण पत्रकारहरुले ज्यान गुमाउँदा उनीहरु कार्यरत मिडिया हाउसहरुले ठीक ढंगले दायित्व निर्वाह गरेको पाइँदैन । त्यसैले जोखिमपूर्ण अवस्थामा सकेसम्म पत्रकारको ज्यान जोगाउन यस्तो सचेतनामूलक पोस्टर जारी गरिएको पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्टले बताउनु भयो ।

टिप्पणीहरू