कटुवा पेस्तोल र गोलीसहित सिंह पक्राउ

कटुवा पेस्तोल र गोलीसहित सिंह पक्राउ

सिराहा प्रहरीले एक युवकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा सुखीपुर नगरपालिका – ७ बलही निवासी ४७ वर्षीय गणेशुमार सिंह हुन । अभियुक्त सिंहले घरनजिकै एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलीसमेत बरामद गरेको छ । उनलाई प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । उनले सो हतियार घर नजिकै लुकाएर राखेको अवस्थामा प्रहरीले भेटेको थियो ।

पक्राउपछि सिंहलाई थप अनुसन्धानको दायरामा ल्याइएको छ भने हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाउने तयारी भईरहेको सिराहा प्रहरीका प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

टिप्पणीहरू