वकिलहरुको लाइनमा मास्क थियो, सामाजिक दूरी थिएन (भिडियो सहित)

वकिलहरुको लाइनमा मास्क थियो, सामाजिक दूरी थिएन (भिडियो सहित)

नेपाल बार एशोसिएसनको आह्वानमा कानुनविद्हरुको लागि मात्र आज उपलब्ध खोप लगाउन गएकाहरुको सर्वोच्च अदालत बाहिर निकै लामो लाइन देखिन्थ्यो । नेपाल बार एशोसियसनभित्र खोप केन्द्र बनाइएको थियो ।

तर खोप लगाउन चाहने कानुन व्यवसायीहरु सर्वोच्चदेखि राष्ट्रिय अभिलेखालयबाट सिंहरदबार दक्षिण गेट जाने मोडसम्म खचाखच थिए ।

बौद्धिक व्यक्तिहरुको जमात मात्र रहेको भनिएको उक्त लाइनमा सामाजिक दूरीको पालना गरिएको देखिँदैनथ्यो । धन्न मुखमा मास्क भने लाइनमा बसेकाले लगाएका थिए ।

टिप्पणीहरू