‘म ज्ञानेन्द्र शाही हुँ,मलाई कसले के गर्छ भन्दै हातपात गरे’ : स्थानीय - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

‘म ज्ञानेन्द्र शाही हुँ,मलाई कसले के गर्छ भन्दै हातपात गरे’ : स्थानीय



सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसहित ११ जनाको टोलीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय,सुर्खेत बाहिर स्थानीय जनता धर्नामा बसेका छन् । वीरेन्द्रनगर नगरपालिका-१३, कर्रेखोला नजिकै अस्ति ११ बजेदेखि मध्यरात २ बजेसम्म सदरमुकाम नजिकै झडप भएको थियो । तर स्थानीयले भने शाहीकै समूहले मद्यपान गरेर गाउँलेमाथि हातपात गर्दै स्थानीय मजदुर नवराज गिरीलाई घाइते बनाएको बताएका छन् ।

आफूहरु राहत बाँडेर फर्कंदै गर्दा हातपात भएको बताइए तापनि शाही समूहले स्थानीय कसैलाई पनि राहत सामाग्री उपलब्ध नगराएको गाउँलेहरुले बताएका छन् । मध्यरात मद्यपान गरेर होहल्ला गर्दै आएको समूहमध्येका मोटरसाइकलमा सवार दुई जनाले गिरीमाथि ढुङ्गा प्रहार गरेको र पछाडि गाडीमा रहेकाहरुले पनि उनलाई कुटपिट गरेको स्थानीयको आरोप छ ।

‘म ज्ञानेन्द्र शाही हुँ, मलाई कसले के गर्छ ?’ भन्दै हातपात गरेपछि स्थानीयले प्रतिकार गरेको बताइएको छ । पहिला स्थानीयले गरेको सोधपुछमा उनीहरुले राहत बाँडेर आएको भने पनि लगत्तै अक्सिजन पुर्याउन आएको बताएका थिए ।
मोटरसाइकल तथा गाडीमा रहेका सबैले मदिरा सेवन गरेको बताउँदै उनीहरुसँग रहेका महिलाले समेत मदिरा सेवन गरेको गाउँलेको आरोप छ । निषेधाज्ञा र महामारीमा मापसे गरेर हिँडेका उनीहरुलाई प्रहरीले मापसे चेक नगरी राती नै छाडिदिएपछि घटनाले उग्र रुप लिन खोजेको हो ।

घटनाबारे सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भिन्दै प्रतिक्रिया दिनुभएको छ । उहाँका अनुसार मोटरसाइकलमा आएकामध्ये पछाडि बस्नेले हेल्मेट समातेको तर,चालकले हेल्मेट नलगाएकाले पछाडि बस्नेले स्थानीय गिरीमाथि हेल्मेटले आक्रमण गरेको बुझिएको छ । घटनाबारे आफूलाई धेरै जानकारी नरहेको बताउँदै प्रजिअ रिजालले शाही समूहलाई प्रहरीले पक्राउ नगरेको जानकारी दिनुभयो ।

निषेधाज्ञामा राहत बाँड्न भनेर सुर्खेत पुगेका उनीहरुले हिजोदेखि सडकका खाल्डाखुल्डी पुरेको र सफा गरेको दृश्यको फेसबुक लाइभ गरिरहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले बताउनुभएको छ । रिजालले शाही समूहले प्रहरीको समेत खेदो खनेको बताउँदै कानुन हातमा लिने अधिकार कसैसँग पनि नरहेको बताउनुभयो ।

उता,स्थानीयले भने ज्ञानेन्द्र शाहीको टोली एउटा गाडीमा सुर्खेतको गर्गरे भन्ने ठाउँमा परिचय नखुलेका सुवेदी भन्ने व्यक्ति को घरमा गएर ‘फाइटर भाले’ काटी स्याउको जस्तो बास्ना आउने रातो रंगको झोल सेवन गरेको बताएका छन् । उनीहरु भन्छन् ‘बोतलको मार्फा हुनुपर्छ ।’

उनीहरुले ‘मजदुर,गरिबको मापसे चेक हुने तर गाडीमा चढ्नेको नहुने,यो कहाँको नियम हो ?’ भन्दै जिल्ला प्रहरी कार्यालयसँग प्रश्न गरिरहेका छन् ।

अहिले प्रहरी कार्यालयअघि धर्नामा बसेका स्थानीयले ‘पहुँच पुगेकाले जे गरे पनि हुने ? मापसे चेक गर्नु आवश्यक थिएन ?’ भन्दै प्रश्न गरिरहेका छन् । उनीहरुले ‘मजदुर,गरिबको मापसे चेक हुने तर गाडीमा चढ्नेको नहुने,यो कहाँको नियम हो ?’ भन्दै जिल्ला प्रहरी कार्यालयसँग प्रश्न गरिरहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने
जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add