पर्सिदेखि हल्का के के खोल्न पाइने ?

पर्सिदेखि हल्का के के खोल्न पाइने ?

कोरोना महामारीको चेन ब्रेक गर्ने उद्देश्यले उपत्यकालगायत मुलुकका अधिकांश जिल्लामा डेढ महिनादेखि लगाइएको निषेधाज्ञा सकिन लागेको छ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको समय भोलि रातीदेखि सकिँदैछ । अब निषेधाज्ञा कुन मोडालिटीमा अगाडि बढाउने भन्ने विषयमा आज अपरान्ह उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार उपत्यकामा तत्काल निषेधाज्ञा केही सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ । आजको बैठकमा निषेधाज्ञालाई खुकुलो पारेर कम्तिमा एक साता थप्ने विषयमा छलफल हुने उहाँले जानकारी दिनुभएको छ ।

निरौलाले आजको बैठकमा अत्यावश्यक पसल,व्यवसाय,बैंक तथा वित्तीय संस्था,विद्यालयका पुस्तक ढुवानी,कृषि सामाग्री ढुवानीलगायतका विषयमा प्राथमिकताका साथ छलफल गरिने बताउनुभयो ।

टिप्पणीहरू