दुर्घटनामा एकको मृत्यु,तीन घाइते

दुर्घटनामा एकको मृत्यु,तीन घाइते

उदयपुर,ताप्ली गाउँपालिकाको पोखरीमा मालवाहक बोलेरो दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर १० का इन्द्रबहादुर बिक छन् । त्यसैगरी घाइते हुनेमा कटारी नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय डाकनारायण श्रेष्ठ,ताप्ली ४ ठानागाँउका ३० वर्षीय झकरबहादुर सार्की र २६ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् । घाइतेहरुलाई उपचारको लागि विराटनगर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बा १८ च १५६७ नम्बरको बोलेर शनिबार साँझ ताप्ली गाउँपालिका वडा नम्बर ४ ठानागाँउको पोखरी भन्ने स्थानमा दुर्घटना भएको हो । सो जीप कच्ची सडक खण्डबाट करिब २ सय मीटर तल खसेको छ । सो जीप सिराहाको लहान बजारबाट कुटानी पिसानी मिल जडान गर्नको लागि आवश्यक सामग्री लिएर ताप्लीतर्फ गइरहेको थियो ।

टिप्पणीहरू