अमेरिकामा नेपालीलाई पौने ३ करोड दण्ड तिराइयो

अमेरिकामा नेपालीलाई पौने ३ करोड दण्ड तिराइयो

अमेरिकामा एक जना नेपालीलाई सरकारी कोषको रकम जालसाजी गरेको आरोपमा जरिवाना तिराइएको छ ।

काठमाडौंको सामाखुसी घर भई हाल भर्जिनिया राज्यमा व्यापार गर्दै बसेका सुनुप्रताप केसी (सुबु) लाई जालसाजीको आरोपमा २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट अर्थात २ करोड ७० लाख ९ हजार नेपाली रुपैयाँ बराबर जरिवाना तिराइएको हो ।

समाचारमा जनाइएअनुसार उनले अमेरिकामा कोरोना महामारीको बेला अप्ठेरोमा परेका साना लगानीकर्तालाई त्यहाँको सरकारले प्रदान गरेको पीपीपी प्रोग्राम रकममा जालसाजी गरेपछि उक्त जरिवाना सुनाइएको छ ।

अनुसन्धान क्रममा बन्द भइसकेको केसी इन्भेष्टमेण्ट ग्रुप (केसी इन्क) मार्फत् पेचेक प्रोटेक्सन प्रोग्राम (पीपीपी)अन्तर्गत धेरै ऋण उठाएर ठगी गरेको प्रमाणित भएपछि उनलाई जरिवाना गरिएको हो ।

उनलाई उक्त रकम ३० दिनभित्र जम्मा गर्न आदेश दिइएको छ । अन्यथा,अमेरिकी कानुनअनुसार जेल सजायसमेत हुनेछ ।

टिप्पणीहरू