गण्डकीमा एक छिनपछि सपथ, को को बन्दैछन् मन्त्री ?

गण्डकीमा एक छिनपछि सपथ, को को बन्दैछन् मन्त्री ?

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पदको शपथ ग्रहणको तयारी गर्नुभएको छ । प्रदेश प्रमुख सीता पौडेलबाट शपथ लिएपछि पोखरेलले आजै मन्त्रिपरिषद गठन गर्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले काँग्रेस, माओवादी केन्द्र, जसपाबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङ्गलाई समेटेर छरितो मन्त्रिमण्डल गठन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ र जसपाबाट हरिशरण आचार्यले शपथ लिनुहुनेछ । मन्त्रालय बाँडफाडबारे छलफल नभएकाले चारै जनाले विना विभागीय मन्त्रीका रुपमा शपथ लिने उहाँले बताउनुभयो ।

‘मन्त्रालयका विषयमा आज छलफल गर्ने कुरा थियो, दिनभरको लफडाले त्यो हुन सकेन । त्यसकारण मन्त्रालय बाँडफाँडको विषयमा प्रवेश गरेका छैनौं, आज चार जनालाई समेटेर मन्त्रीमण्डल बनाउने कुरा भएको छ । अरु छलफल गर्दै जान्छौँ’, चुमानले भन्नुभयो ।

राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा लैजाने छलफल भइरहेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू