अस्ट्रेलियाको मेलबर्नमा लकडाउन अन्त्य, मास्क अनिवार्य

अस्ट्रेलियाको मेलबर्नमा लकडाउन अन्त्य, मास्क अनिवार्य

अस्ट्रेलियाको मेलबोर्न शहरमा १४ दिने लकडाउन समाप्त भएको छ । लकडाउन समाप्त भएपनि मास्क भने अनिवार्य गरिएको त्यहाँको सरकारले बताएको छ ।

लकडाउन अवधीमा स्थानीयलाई यात्राको निम्ति १० किलोमिटरको सीमा लगाइएको थियो । लकडाउन अन्त्यपछि उक्त सीमालाई बढाएर २५ किलोमिटर बनाइएको छ ।

नागरिकलाई काममा जान, विद्यालय तथा विश्वविद्यालय जान र खोप लगाउने प्रयोजनको लागि मात्र २५ किलोमिटरको सीमा राखिएको बताइएको छ ।

लकडाउन अन्त्य भएपनि अष्ट््ेलियालीहरुले घरमा आगन्तुक बोलाउन पाउने छैनन् । तर, सार्वजनिक स्थानमा १० जनासम्मको जमघट गर्न अनुमति दिइएको छ ।

टिप्पणीहरू