सिक्री चोर्ने र लागुऔषध बोक्ने २ जना समातिए

सिक्री चोर्ने र लागुऔषध बोक्ने २ जना समातिए

आज सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौंबाट एक जना तथा लागूऔषध ओसारपसार गरेको आरोपमा बाराबाट एक गरी दुई जना पक्राउ परेका छन् ।

काठमाडौंको बालाजुस्थित सडकमा हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा पकनाजोल बस्ने प्युठान, झिमरुक गाउँपालिका–१ का २८ वर्षीय नविन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनको सिक्री लुटपाट गरी फरार भएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६, चमती विनायक बस्तीबाट थापालाई उक्त सिक्रीसहित पक्राउ गरेको हो ।

उता बाराको जितपुर सिमरा उपमहानगरपालिका–७, टेडा रोडबाट लागूऔषध नाइट्राभेट ७२ ट्याब्लेट र एकसय एमएलको अनरेक्स ५ बोतलसहितर्सा वीरगञ्ज महानगरपालिका–२ का २५ वर्षीय ग्यासुद्धिन मियाँ पक्राउ परेका छन् ।

मियालाई पर्साबाट जितपुरतर्फ आउँदै गरेको बा.१५ प १७५२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनी उक्त परिमाणको लागूऔषधसहित पक्राउ परेका हुन् ।

टिप्पणीहरू