नयाँ गृहमन्त्रीको निर्देशन,‘उच्च मनोबलका साथ दायित्व पूरा गर्नुहोस्’

नयाँ गृहमन्त्रीको निर्देशन,‘उच्च मनोबलका साथ दायित्व पूरा गर्नुहोस्’

गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरीलाई निर्भय,निर्धक्क र उच्च मनोबलका साथ आफ्नो दायित्व निर्वाह गर्न निर्देशन दिनुभएको छ । घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेलगायतका दायित्व निर्वाहको लागि अहिलेदेखि नै अगाडि बढनुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ ।

प्रहरी मुख्यालयमा उपस्थित अधिकृत तथा जवान एवम् भिडियो कन्फरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

निरीक्षण भ्रमणको लागि आज प्रहरी प्रधान कार्यालय,नक्साल पुग्नुभएका अधिकारीले डिजिटल फरेन्सिक ल्याब,पोलिग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुभएको थियो ।

अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्तिसुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउधनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गर्नुभएको छ ।

टिप्पणीहरू