झापालीले खोले दुबईमा रेस्टुरेन्ट

झापालीले खोले दुबईमा रेस्टुरेन्ट

-रामप्रसाद ढुंगेल

वैदेशिक रोजगारीका लागि डेढ दशकअघि सामान्य मजदुरका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

सन् २००६ मा इलेक्ट्रिकल कामका लागि दुबई पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा त्यहिँ पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेश) ले संयुक्त रुपमा दुबईको अलनादा स्थित अलमुल्ला प्लाजामा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे हिजोबाट शुभारम्भ गरेका छन् ।

युएईमा अहिलेसम्मकै ठूलो क्षेत्रफलमा खोलिएको मौलिक नेपाली रेस्टुरेन्टको क्षेत्रफल ३१ सय वर्ग मिटर रहेको सञ्चालकहरुले दाबी गरेका छन् । रेष्टुरेण्टले एयरपोर्टदेखि बरदुबई एरियामा होम डेलिभरी सुविधा समेत प्रदान गर्ने भएको छ ।

हिजो नेपाली बिजनेस काउन्सिल दुबईका प्रतिनिधिहरु ओमप्रकाश भण्डारी,बाबुराम सापकोटा,अन्य नेपाली संघ संस्थाका प्रतिनिधि र शुभेच्छुकहरुको बाक्लो उपस्थितिमा उद्घाटन गरिएको बताइएको छ ।

दुई जना कुक, दुई जना वेटर, एक एक जना सहयोगी र क्यासियरसहित ६ जनालाई रोजगारी दिएको रेस्टुरेन्टले रोजगारीमा पनि नेपालीहरुलाई नै प्राथमिकता दिएको सञ्चालकहरुले बताएका छन् ।

टिप्पणीहरू