चालु आर्थिक वर्षमा सवारीभन्दा चोरीका मुध्दा बढी

चालु आर्थिक वर्षमा सवारीभन्दा चोरीका मुध्दा बढी

नेपाल प्रहरीको तथ्याङ्कलाई विश्लेषण गर्दा चालु आर्थिक वर्षको बैशाखसम्ममा सवारीसम्बन्धी घटनाभन्दा चोरीसम्बन्धी मुध्दा बढि रहेको पाइएको छ । सवारीसम्बन्धी कसूरमा कूल १ हजार ८ सय ९१ घटना दर्ता हुँदा चोरीसम्बन्धी कसूरका १ हजार ९ सय ८० घटना दर्ता भएका छन् ।

सवारीसम्बन्धी कसूरमा सर्वाधिक सवारी ज्यानका १ हजार ७ सय ९ र सवारी अभियोगमा १ सय ८२ घटना दर्ता भएका हुन् । त्यस्तै, चोरीसम्बन्धी कसूरमा साधारण चोरी १ हजार ६ सय २७, डाँका चोरी तथा सवारी चोरी गरेर १ सय ३०, नकबजनी चोरी ७६, चौपाया चोरी १४ र जबरजस्ती चोरीसम्बन्धी ३ वटा घटना दर्ता भएका हुन् ।

क्षेत्रगत आधारमा सवारीसम्बन्धी कसूरका घटना प्रदेश नम्बर २ मा ४ सय २८,लुम्बिनी प्रदेशमा ३ सय ७९,प्रदेश नम्बर १ मा ३ सय ७४, बाग्मतीमा २ सय ५०, उपत्यकामा १ सय ५४, गण्डकीमा १ सय ३६, सुदूर पश्चिममा १ सय १७, कर्णालीमा ५३ दर्ता भएको देखिन्छ ।

चोरीका घटनामा उपत्यकामा सर्वाधिक ४ सय ९९,त्यसपछि क्रमशः प्रदेश २ मा ४ सय ६७, प्रदेश १ मा ३ सय ५५, लुम्बिनीमा २ सय १०, बाग्मतीमा १ सय ८५, सुदूर पश्चिममा १ सय २५, गण्डकीमा १ सय ७, कर्णालीमा ३२ वटा भएको पाइएको छ ।

टिप्पणीहरू