हिजो बगाएको शव आज भेटियो

हिजो बगाएको शव आज भेटियो

हिजो दिउँसोदेखि धादिङको आँखु खोलाले बगाई बेपत्ता भएको एक जनाको शव आज फेला परेको छ ।

हिजो बिहान नीलकण्ठ नगरपालिका १०,टारिबेसीस्थित आँखु खोलाले बगाएका सोही नगरपालिका ३ बस्ने २६ वर्षका सुमन श्रेष्ठको शव आज फेला परेको हो ।

श्रेष्ठको शव कुरिनटारबाट खटिएको तीन जना गोताखोरसहित सशस्त्रको टोलीले आज साँझ फेला पारेको बताइन्छ ।

टिप्पणीहरू